![]()
काठमाडौ,जेठ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बिहिबार भारतको गुडगावँस्थित मेदान्त अस्पतालमा उपचाररत राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई भेटेका छन् । सो क्रममा मन्त्री पोखरेलले राष्ट्रकवि घिमिरेको उपचारमा संलग्न चिकित्सकहरुसँग घिमिरेको स्वास्थ्यस्थितिका बारेमा जानकारी लिएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल नयाँ दिल्लीस्थित दक्षिण एसियाली विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा पनि सहभागी भएका छन् ।
सो अवसरमा उनले विश्वविद्यालयबाट विद्यावारिधि, एमफिल तथा स्नातकोत्तर तह सफलतापूर्वक सम्पन्न गर्ने नेपाल, भारतलगायत अन्य सार्क मुलुकका विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण गरेका छन् ।
सन् २०१० देखि सञ्चालनमा आएको उक्त विश्वविद्यालयको हाल नेपाल अध्यक्षसमेत रहेको छ ।


