Breaking News.... EverestOnlineKhabar
June 26, 2026

सिटिईभिटीको सातै प्रदेशमा प्रदेश कार्यालय स्थापना हुने

Loading

काठमाडौं । संघीयताअनुरुप अब प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिईभिटी)को सातै प्रदेशमा कार्यालय स्थापना हुने भएको छ ।

शिक्षा मन्त्रालयले दिएको जनकारी अनुसार अब सात वटै प्रदेशमा सिटिईभिटिको प्रदेश कार्यालय स्थापना गर्ने निर्णय भएको हो । प्रदेश कार्यालय स्थापनाको निम्ती सम्भाव्यता अध्ययन, नीतिगत र कानुनी व्यवस्थाबारे छलफल सुरु गर्न निर्देशनसमेत दिइएको मन्त्रालयले जनाएको छ ।

संघीयताअनुरुप अन्य निकायको ढाँचा तयार भएपनि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिईभिटी) को सघिंय स्वरुप तयार भएको थिएन ।

अहिले सिटिईभिटीको केन्द्रीय कार्यालय सानोठिमी भक्तपुरमा रहको छ भने चितवनको भरतपुर, ईटहरी र कोहलपुरमा क्षेत्र कार्यालय रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.