![]()
पर्सा । वीरगञ्जमा आयोजित प्रदेश नं. २ को अन्तरजिल्ला राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सकिएको छ । वीरगञ्जको नारायणी रंगशालामा सञ्चालित प्रतियोगितामा पर्सा जिल्ला प्रथम भएको छ । १२ वटा स्वर्णसहित प्रथम हुन सफल पर्सा जिल्लाले २० हजार नगद पुरस्कार हात पारेको छ ।
त्यसगरी १० स्वर्ण र ९ वटा रजत पदकसहित सर्लाही द्वितीय र १० स्वर्ण र २ रजत पदकसहित धनुषा तृतीय हुन सफल भएको छ ।
द्वितीय र तृतीय हुन सफल जिल्लाले क्रमशः नगद १५ हजार र १० हजार पुरस्कार पाएका छन् । प्रतियोगितामा विजेता टिम तथा खेलाडीहरुलाई मेडल र प्रमाणपत्रसमेत वितरण गरिएको थियो ।


