Breaking News.... EverestOnlineKhabar
July 7, 2026

Loading

काठमाडौं । अमेरिकाको टेक्सास राज्यस्थित एक विद्यालयमा भएको गोली काण्डमा मारिनेमा एक जना पाकिस्तानी विद्यार्थी साबिका शेख पनि परेको खुलेको छ ।

१८ बर्षीया उनी सन् २००१ सेप्टेम्बर ११ को अमेरिकी आक्रमणपछि अमेरिकाले ल्याएको सांस्कृतिक आदान प्रदान कार्यक्रममा अध्ययनका लागि अमेरिका पुगेकी थिइन् । उनको परिवारजनले टेलिभिजन मार्फत गोलीकाण्डबारे जानकारी पाएको र कलेजमा सम्पर्क गर्दा आफना छोरीको हत्या भएको थाहा पाएको बताएका छन् ।

उनको शव आगामी साता कराची पुर्‍याइनेछ । उक्त गोलीकाण्डमा डिमित्रियोज प्यागोर्टिस नामका एक विद्यार्थीले गोली चलाएर दश जनाको हत्या गरेका थिए । घटनामा अरु १० जना घाइते भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.