राष्ट्रियतामाथि धावा बोल्ने जो कोही होस ठेगान लगाइन्छ : पुष्प शाही

649 total views, 3 views today

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेबिसंघका उपाध्यक्ष पुष्प शाहीले नेपालको राष्ट्रियतामाथि धावा बोल्ने भारतीय सांसद किर्ति आजादलाई कारवाही नभएसम्म नेबिसंघको आन्दोलन जारी रहने बताएका छन ।

बुधवार हिमायल टेलिभिजनमा बिशेष अन्तर्वार्ता दिंदै उपाध्यक्ष शाहीले ट्वीटरमार्फत नेपालको सार्वभौमिकतामाथि प्रश्न उठाउने भारतीय सांसद आजादलाई कारवाही गर्न नेपाल सरकारले अहिलेसम्म कुनै कदम नचालेकोमा आपत्तीसमेत जनाए ।

आजादको हस्तक्षेपकारी भूमिका र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको कुटनीतिक मर्यादा बिपरित विवादास्पद अभिव्यक्ति आउँदासमेत प्रधानमन्त्री केपी ओली मौन रहेकोमा आश्चार्य व्यक्त गरे । उनले भने, ‘ ओलीको राष्ट्रवाद खोक्रो हो, उनी ‘रअ’ का एजेन्ट हुन भन्ने प्रमाणित भयो ।

उपाध्यक्ष शाहीले नेपाली कांग्रेस र नेबिसंघ सबै प्रकारका अन्याय, अत्याचारबिरुद्ध लड्दै आएकाले मुलुको सार्वभौमिकता, राष्ट्रिय अखण्डता र यहाँको पहिचान जोगाउन अझैपनि निर्णायक लडाँईं गर्न तयार रहेको बताए । प्रदेश २ मा राष्ट्रिय झण्डामाथि भएको खेलवाड, संविधान बिपरित भारतसंग भएको अरुण तेस्रो लगायतका सम्झौताले ओलीको अराष्ट्रिय चरित्र उदाङगो भएको उनले बताए ।

यस्तै, नेबिसंघ भित्रको विवाद उत्कर्षमा पुगेको स्वीकार गर्दै उपाध्यक्ष शाहीले फोरम लोकतान्त्रिकलाई पनि समाहित गरेर नेबिसंघको संरचना सुधार्नुपर्ने बताए । संगठनको बिधान बिपरित जाने जो कोही कारवाहीको दायरामा पर्ने चेतावनी उनले दिए । उनले सभापति नैनसिंह महरमाथि असन्तुष्ट पक्षले लगाएका आरोप झूठा र औचित्यहीन भएको दाबी गरे ।

‘माउ पार्टीको गुटगत विवाद भ्रातृ संगठनमा पनि परेकाले सभापति महरलाई सबैलाई मिलाउन समस्या देखिएको हो, उनी गलत छैनन । ’ शाहील भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

सूचना, परिवर्तन र सम्रिद्धीको लागि संचार