Breaking News.... EverestOnlineKhabar
July 7, 2026

‘हाइड्रोजन र अक्सिजन मिलेर पानी बन्छ, हाम्रो एकता त्यस्तै हो ’ : दाहाल

Loading

पोखरा ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले र माओवादी दुबै बिघटन भएर नयाँ कम्युनिष्ट पार्टी बन्ने बताउनु भएको छ । नेताहरुको व्यवस्थापनमा कुरा नमिलेर पार्टी एकीकरण प्रकृयाले गति लिन नसकिरहेका बेला अध्यक्ष दाहालको यस्तो भनाइ आएको हो ।

पोखरामा माक्र्सको द्वि–शतवार्षिकीका अवसरमा आयोजित कार्यक्रममा उहाँले पार्टी एकता सम्मानजनक, समानतामा आधारित र न्यायोचित हुने दाबी गर्नुभयो । उहाँले भन्नुभयो,  ‘कतिपयलाई लाग्न सक्छ एमाले एमाले नै रहने, माओवादी /माओवादी नै रहन्छ तर त्यसो होइन, ‘हाइड्रोजन र अक्सिजन मिलेर पानी बन्छ । हाम्रो एकता त्यस्तै हो ।’ एमाले र माओवादीको निरन्तरता नभएर नयाँ पार्टी गठन आजको आवश्यकता भएको उहाँको भनाई थियो ।

अध्यक्ष दाहालले तत्कालिन नेकपा (माक्र्सवादी) र मालेबीच भएको पार्टी एकता उदाहरणीय भएको बताउनुभयो । उहाँले पार्टी एकताको लागि कार्यदलका प्रतिवेदन टुंग्याएर भाषा मात्रै परिमार्जन गर्न बाँकी रहेकोले काठमाडौं फर्किपछि पार्टी एकताको मिति घोषणा गर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.