Breaking News.... EverestOnlineKhabar
July 7, 2026

Loading

काठमाडौं । आन्दोलनरत यातायात व्यवसायीले  नियमित रुपमा सेवा सञ्चालन गरेका छन् । यातायात व्यवसायी महासंघ आन्दोलनका संयोजक योगेन्द्रनाथ कर्माचार्यले  देशभर नै सम्पूर्ण सार्वजनिक यातायात सेवा पुन: सञ्चालन गरेको जानकारी दिए ।

उनले यातायात बन्दका कारण सर्वसाधारणले भोग्नुपरेको समस्याप्रति क्षमायाचना गर्दै अर्को निर्णय नभएसम्म यातायात सञ्चालन गर्ने बताए ।  यातायात व्यवसायीलाई निर्शत रिहा गरिनुपर्ने तथा यातायात क्षेत्रमा देखिएका विद्यमान समस्याको समाधानका लागि सरकारले आफूहरुलाई वार्तामा बोलाउनुपर्ने कर्माचार्यको भनाइ छ ।

उनले वार्ताको माध्यमबाट समस्या समाधान गर्नुको सट्टा धरपकड गरी व्यवसायीलाई पक्राउ गरेर सरकारले व्यवसायीमाथि अन्याय गरेको धारणा राखे । पक्राउ परेकालाई सरकारले तत्काल रिहा गर्नुपर्ने अन्यथा आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने चेतावनी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.