Breaking News.... EverestOnlineKhabar
July 7, 2026

उत्तर कोरिया–दक्षिण कोरिया शीखर वार्ता : ‘नयाँ युगको मार्ग प्रारम्भ’ (भिडियोसहित)

Loading

बीबीसी । उत्तर कोरियाली सञ्चारमाध्यमले दुई कोरियाका नेताहरूबीचको शिखर बैठक ’ऐतिहासिक’ भएको र त्यसले एउटा नयाँ युगका लागि मार्ग प्रशस्त गरेको जनाएका छन ।

उत्तर कोरियाली नेता किम जङ अन र दक्षिण कोरियाली राष्ट्रपति मून जे इनले कोरियाली प्रायद्वीपलाई पारमाणविक अस्त्रबाट मुक्त पार्न मिलेर काम गर्ने सहमति गरेका थिए। उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएले शिखर वार्ताको प्रशंसा गर्दै समृद्धि हासिल गर्ने दिशामा एउटा ’नयाँ कोसेढुङ्गा’ भएको जनाएको छ। उसले शिखर बैठकपछि गरिएको घोषणाको पूर्णपाठलाई समाचारमा समेटेको छ।

चीन र अमेरिका दुवैले सहमतिको स्वागत गरेका छन्। यद्यपि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियामाथि अधिकतम दबाब दिइरहने बताएका छन्। ट्रम्पले उत्तर कोरियाली नेता किम जङ अनसँग जुन महिनाको शुरूतिर भेटवार्ता गर्ने बताइएको छ। उनले भने, “हामी आफूलाई झुक्याउने दिनेछैनौँ। आशा छ हामीले एउटा सम्झौता गर्नेछौँ।“

शिखर बैठकमा दुई कोरियाली नेताहरू सन् १९५३ मा युद्धविराममा टुङ्गिएको कोरियाली युद्धको औपचारिक अन्त्यका लागि मिलेर काम गर्ने पनि सहमति गरेका थिए। केही महिनाअघिको वाक्युद्धको स्थितिपछि दुई कोरियाबीच शिखर बैठक भएको थियो।

दुई कोरियाबीच विगतमा भएका सहमतिहरूमा त्यस्तै प्रतिबद्धता जनाइए पनि उत्तर कोरियाले पारमाणविक र क्षेप्यास्त्र परीक्षणहरू गरेर त्यसको उल्लंघन गरेको थियो भने दक्षिणले अझ बढी अनुदारवादी राष्ट्रपतिहरू चयन गरेको थियो।

सहमतिपछि किमले भने, “कडा प्रतिक्रिया आउन सक्छ, कठिनाइ र निराशा देखिन सक्छ। विना पीडा विजय हासिल गर्न सकिँदैन।“

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.