Breaking News.... EverestOnlineKhabar
July 7, 2026

फ्रान्सका राष्ट्रपतिद्वारा अमेरिकी संसदमा अमेरिकाकै आलोचना….?

Loading

एजेन्सी,बैशाख ।
फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनले उग्रराष्ट्रवाद र पृथकतावादले कसैको भलो नहुने बताएका छन् । अमरिकाको तीन दिने भ्रमणका क्रममा अमेरिकी संसद्को संयुक्त सत्रलाई सम्बोधन गर्दै फ्रान्सका राष्ट्रपति म्याक्रोनले उग्रराष्ट्रवाद र पृथकतावादको चिन्तनले विश्व समृद्धिको चाहनामा ठेस पुर्‍याउने बताए ।
उनको यो भनाइलाई अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको अमेरिका पहिलो नीतिमाथिको टिप्पणीको रुपमा व्याख्या गरिएको छ । यद्यपी यी दुई नेताबीचको सम्बन्ध भने मजबुद नै छ । तर म्याक्रोनको यो भाषणले पर्यावरण र इरानसँग भएको आणविक सम्झौताका विषयमा अमेरिकी धारणाप्रति फ्रान्सको असहमति रहेको देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.