Breaking News.... EverestOnlineKhabar
July 7, 2026

Loading

काठमाडौं । सुचना तथा सञ्चार प्रविधि मन्त्रालयले आगामी सय दिन भित्र एनालग प्रणालीमा भईरहेको टेलिभिजन प्रसारणलाई डिजिटल प्रणाली रुपान्तरण गर्ने योजना सार्वजनिक गरेको छ। सुचना तथा सञ्चार प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाले सय दिन भित्र गर्ने कामहरु सार्वजनिक गर्दै देश भरबाट एनालग प्रणाली बन्द गर्ने बताएका हुन्।

सरकारले राष्ट्रिय प्रसारण नियमावलीलाई संशोधन गर्दै २०७४ वैशाख १५ देखि महानगरपालिका, कत्तिक १५ देखि उपमहानगरपालिका र नगरपालिकाबाट र बैशाख १५ बाट एनालग प्रणालीमा प्रसारण भईरहेका टेलिभिजनलाई डिजिटल प्रणाली लैजाने निर्णय गरेको थियो। तर गत एनालग केवल संचालकको असहयोगका कारण सरकारले नियमावलीको प्रावधान कार्यान्वयन गर्न सकेको थिएन। हाल एनालग केवल संचालक डिजिटलाइजेस गर्न राजी भएका छन्।

काठमाडौं उपत्यकामा एनालग माध्यमबाट प्रसारण भएका टेलिभिजन हटाउन सरकारले अनुगमन गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.