Breaking News.... EverestOnlineKhabar
July 7, 2026

कांग्रेस बैठकमा युवा नेताहरुको ५१ पन्ने माग : देउवालाई निरन्तरता दिनु जनादेश र मतादेश बिपरित

Loading

काठमाडौं । काँग्रेसको जारी केन्द्रीय समिति बैठकमा पार्टीका ६ युवा नेताहरुले पहिलेदेखि उठाउँदै आएको शीघ्र महाधिवेशनको माग राखेका छन् । मंगलबार बसेको बैठकमा नेता गगन थापाले ५१ पन्ने लिखित माग बैठकमा प्रस्तुत गर्दै महासमिति र शीघ्र महाधिवेशनको माग गरेका हुन् ।

युवाहरु नेताहरुले संगठन चलाउन प्रष्ट सैद्धान्तिक खाका भएपनि त्यसको कायान्वयन गर्ने नेतृत्व शिथिल र यथास्थितिवादी भएकाले संगठनले गति  लिन नसकेको उल्लेख गरेका छन् ।  उनीहरुले वर्तमान सभापति शेरबहदुर देउवाको नेतृत्वलाई निरन्तरता दिनु जनादेश र मतादेश विपरित हुने भन्दै नेतृत्व परिवर्तनमा जोड दिएका छन् ।

युवाहरुको सुझावमामार्फत पार्टी सभापति शेरबहादुर देउवालाई महासमिति र शीघ्र महाधिवेशन गराएर सहजतापूर्वक नेतृत्व हस्तान्तरण गर्न आग्रह पनि गरिएको छ ।

नेतृत्व परिवर्तन भए आगामी ५ बर्ष पछि हुने निर्वाचनमा अहिलेको निर्वाचनमा आएको मतभन्दा १५ लाख मत बढि ल्याएर काँग्रेस एक्लैले बहुमतको सरकार बनाउन सक्ने युवाहरुको दाबी  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.