Breaking News.... EverestOnlineKhabar
July 7, 2026

मन्त्रिपरिषद् निर्णय : योजना आयोगको उपाध्यक्षमा डा. पुष्प कँडेल, अत्यावश्यक सेवामा हड्ताल गर्न निषेध

Loading

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. पुष्प कँडेललाई नियुक्त  गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकार प्रवक्ता  गोकुल बाँस्कोटाले जानकारी दिए । कँडेलसहित सदस्यहरुमा कृष्णप्रसाद ओली, उषा झा, दिलकुमार गुरुङ, सुशील भट्ट, मीनबहादुर शाही र रामकुमार फुयाँललाई नियुक्त गर्ने निर्णय गरेको बाँस्कोटाले जानकारी दिए ।

त्यसैगरी, बैठकले सार्वजनिक हितका लागि अत्यावश्यक सेवामा हड्ताल गर्न निषेध सम्बन्धी सूचना प्रकाशित गर्ने निर्णय गरेको छ । राजपत्रमा यससम्बन्धी सूचना प्रकाशित गर्ने निर्णय भएको छ ।

यातायात क्षेत्रमा भएको सिन्डिकेट अन्त्यका लागि भएको निर्णयविरुद्ध व्यवसायीले आन्दोलन गर्ने निर्णय गरेपछि सरकारले अत्यावश्यक सेवामा हडताल गर्न निषेध सम्बन्धी सूचना प्रकाशित गर्ने निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.