Breaking News.... EverestOnlineKhabar
June 28, 2026

पुटिन ट्रम्पलाई भेट्न तयार : रूसी विदेश मन्त्रालय

Loading

एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफूले अमेरिकी निमन्त्रणामा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट्न तयार रहेको बताएको रूसी विदेश मन्त्रालयले  जनाएको छ । तर मस्कोले अमेरिकी विस्तृत प्रस्तावको पर्खाइमा रहेको रूसी विदेश मन्त्रालयले बताएको छ ।

ट्रम्पले पुटिनसँग गत मार्च २० मा भएको टेलिफोन वार्तामा ह्वाइट हाउसमा भेट गर्नका लागि प्रस्ताव गरेको बिषयलाई रूसी विदेशमन्त्री सेर्गेई लाभरोभले विदेशमन्त्रालयको वेवसाइटमा प्रकाशित एक अन्तवार्तामा बताएका छन । । लाभरोभले भने , “अमेरिकाले निमन्त्रणाको बिषयलाई प्रष्टरूपमा प्रस्तुत गरोस् ।

ट्रम्प र पुटिनबीचको वार्तापछि सोही दिन अमेरिकी राष्ट्रपतिले सञ्चारमाध्यमसँग कुराकानी गरी आफूले पुटिनलाई ‘ढिलो नगरी’ भेट्न चाहेको बताएको बिषयलाई लाभरोभले स्मरण गरे । क्रेमलिनका सहयोगी यूरी उसाकोभले यसै महिनाको शुरूमा मार्चपछि दुई राष्ट्रपतिको भेटका बिषयमा कुनै छलफल नभएको बताए।

अमेरिकाले रसियामाथि लगाएको नयाँ चरणको नाकावन्दी र सिरियामा अमेरिकी नेतृत्वमा भएको हवाई हमलाले पुटिन र ट्रम्पबीच हुने भनिएको वार्तालाई अनिश्चिल बनाइदिएको छ ।

रूस र अमेरिकाबीचको सैन्य विवादलाई ट्रम्प र पुटिनले सशस्त्र युद्धमा परिणत हुन नदिने दृढ विश्वास लाभरोभले बताउनुभएको छ ।

लाभरोभले भन्नुभयो, “ट्रम्पले ट्वीटरमा रूस र अमेरिकाबीचको सम्बन्ध सुधारका लागि इच्छा व्यक्त गर्नुभएको छ । ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.