![]()
डोटी । डोटीको कालागाढबाट मुडभरातर्फ जाँदै गरेको से१ख ५२७५ नम्बरको जिप डोटीकै शिखर नगरपालिका–३, छाइपानीमा दुर्घटना हुँदा चारजनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा शिखर नगरपालिका–३, जोरागाउँका १४ वर्षीय सुरेश भुल र सोही ठाउँकी खिन्तुरी भुल रहेका छन् । मृतक दुईजनाको भने सनाखत हुन सकेको छैन । दुर्घटनामा परेर अरु ६ जनाभन्दा बढी घाइते छन् ।
स्थानीयवासी र प्रहरीले उद्दार गरेका छन । स्थानीयकाअनुसार जीप सडकबाट करिब ५० मिटर तल खसेको थियो । घटनास्थल डोटी सदरमुकामबाट २५ किलोमिटर टाढा पर्छ ।


