![]()
एजेन्सी । दक्षिण भारतीय सुपरस्टार महेश बाबूको फिल्म ’भारत एएन नेनू’ रिलिज भएसंगै उनका प्रशंसकले अनौठो हर्कत देखाइरहेका छन । फिल्म रिलिज भएसँगै इन्टरनेटका सामाजिक सञ्जालमा प्रशंसकहरुले पहिले कहिल्यै नदेखिएका विचित्र हर्कतहरु गर्न थालेका हुन ।
आफ्नो प्रिय सुपरस्टारलाई प्रभावशाली मुख्यमन्त्रीको अवतारमा हेर्न पहिलो दिनको पहिलो शो मा भारतका हलहरुमा प्रशंसकहरुको ओइरो नै लाग्यो। महेश बाबूप्रति आफ्नो प्रेम देखाउँदै कतिपयले सामाजिक सञ्जालमा ’भारत एएन नेनू’ को पहिलो शो को टिकटसँगै आफ्नो तस्बिर पोस्ट गरेका छन्। उनको पूर्णकदको विशाल फोटोलाई प्रशंसकले दूधको धाराले नुहाएको भिडियो पनि सार्वजनिक भएको छ।
महेश बाबूको विश्वका विभिन्न देशमा रहेका प्रशंसकलाई ध्यानमा राख्दै उनको फिल्म ’भारत एएन नेनू’ ४५ वटा देशमा रिलिज गरिएको छ। फिल्ममा महेश बाबू आन्ध्र प्रदेशको मुख्यमन्त्रीको भूमिकामा देखिएका छन्।


