Breaking News.... EverestOnlineKhabar
June 28, 2026

भारतमा बलात्कारीलाई मृत्युदण्ड सजायँ दिने ऐन पारित

Loading

एजेन्सी ।भारतमा बलात्कारीलाई मृत्युदण्ड सजायँ दिने ऐन पारित भएको छ।  शनिबार प्रधानमन्त्री निवास सेभेन रेसकोर्समा बसेको केन्द्रीय मन्त्रिपरिषद् बैठकले १२ वर्षभन्दा कम उमेरका बालिकामाथि बलात्कार गर्नेलाई मृत्युदण्ड दिने निर्णय गर्दै ‘प्रोटेक्शन अफ चिल्ड्रेन फ्रम सेक्सुअल अफेन्स’ अर्थात पक्सो एक्टमा संशोधनको अनुमति दिएको हो।

महिला तथा बालविकास मन्त्री मेनका गान्धीले बलात्कारीलाई मृत्युदण्ड दिनेगरी पक्सो एक्ट संशोधन प्रस्ताव मन्त्रिपरिषद्मा लगेकी थिइन्।  भारतीय सञ्चारमाध्यमका अनुसार यो निर्णयसँगै १२ वर्षभन्दा कम उमेरका बालिकामाथि बलात्कार गर्नेलाई मृत्युको सजाय दिने बाटो खुलेको छ।

जम्मूको कठुआमा ८ वर्षीया नाबालिका बलात्कारको घटनाले भारतको सर्वत्र आलोचना भइरहेका बेला नरेन्द्र मोदी नेतृत्वको सरकारले बलात्कारीविरुद्ध कठोर कदम चालेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.