![]()
काठमाडौं । कायमुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले कानुन कार्यान्वयनमा सरकारी वकिलहरुहरुको महत्वपूर्ण भुमिका रहने हुँदा सचेत भएर काम गर्न आग्रह गरेका छन्।
महान्यायाधिवक्ताको कार्यालयद्वारा शनिबार काठमाडांैमा आयोजित सरकारी वकिलहरुको केन्द्रीय प्रशिक्षण र्कायक्रममा उनले राज्यका कानुन कार्यान्वयनमा सरकारकी वकिलहरुको महत्वपूर्ण भुमिका रहने भएकाले त्यसतर्फ सचेत र गम्भीर बन्न आग्रह गरे।
कानुनको अक्षरश पालना, अनुसन्धानमा निर्देशन तथा नागरिकलाई मानवअधिकारको प्रत्याभुति गर्ने जिम्मेवारी पनि सरकारी वकिलको भएकाले स्वतन्त्र र निश्पक्षरुपमा भूमिका निर्वाह गर्न उनले सचेत गराए।
महान्यायाधीवक्ता अग्नि प्रसाद खरेलले मुलुकी ऐनलाई परिमार्जन गर्दै बनाईएको देवानी तथा फौजदारी अपराध संहिता ऐन लगायतका ५ वटा कानुन कार्यान्वयनमा सरकारी वकिलको महत्वपूर्ण भुमिका रहेको उल्लेख गरे।
कार्यक्रममा संक्रमणकालिन न्याय र सरकारी वकिलको भुमिका, अपराध संहिता ऐन समेतका नयाँ कानूनको कार्यान्वयनमा सरकारी वकिलको भुमिका, सरकारी वकिलहरुसंग राखिएका अपेक्षा, कामकारवाहीको अवस्था र सुधारका पक्ष लगायत विषयमा छलफल हुनेछ।


