Breaking News.... EverestOnlineKhabar
June 28, 2026

Loading

बीबीसी । चिनियाँ सेनाले अमेरिकाको गुआम टापु र भारतका प्रमुख शहरमा मार हान्न सक्ने डीएफ २६ नामक क्षेप्यास्त्र एउटा ब्रिगेडलाई जिम्मा लगाएको त्यहाँको सञ्चारमाध्यमले जनाएको छ।

गुगल अर्थको विश्लेषण अनुसार डीएफ २६ क्षेप्यास्त्र हेनान प्रान्तमा राखिएको हुन सक्छ। डीएफ २६ एउटा बलिस्टिक क्षेप्यास्त्र हो जसले चार हजार किलोमिटरसम्म मार हान्न सक्छ। तर भूउपग्रह तस्वीरहरूको विश्लेषण गर्ने भारतीय सेनाका अवकाश प्राप्त कर्णेल विनायक भट्ट उक्त दावी सही नहुन पनि सक्ने बताउँछन्।

भट्टका अनुसार डीएफ २६ क्षेप्यास्त्रलाई चिनियाँ सेनाको एउटा ब्रिगेडलाई चार वर्षअघि नै जिम्मा लगाइएको विवरण बाहिर आएको थियो। र, सन् २०१५ को सेप्टेम्बर ३ मा आयोजित एउटा परेडमा त्यसको प्रदर्शन गरिएको थियो।

गुआम टापु त्यसको मुख्य निशाना भएकोले उक्त क्षेप्यास्त्रको नाम ’गुआम एक्सप्रेस’ अथवा ’गुआम किलर’ पनि राखिएको थियो। उक्त क्षेप्यास्त्र पूर्ण रूपमा स्वदेशी भएको चीनले जनाएको छ। र, त्यसले परम्परागत एवं पारमाणविक दुवैथरी अस्त्र बोक्न सक्छ।

विज्ञहरूको अनुमान अनुसार गुआम र भारतका प्रमुख शहरलाई उक्त क्षेप्यास्त्रले निशाना बनाउन सक्छ। चीनबाट गुआम टापुको दूरी ३,७५० किलोमिटर रहेको छ भने भारतका कतिपय महानगरपालिकाहरूको दूरी चार हजार किलोमिटरभन्दा कम छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.