Breaking News.... EverestOnlineKhabar
June 28, 2026

१५ बर्षीया किशोरी बलात्कार गर्नेलाई ५ बर्ष जेल सजाय

Loading

उदयपुर । उदयपुरगढी घर भई हाल सुधारगृह विराटनगरमा रहेका किशोरलाई १५ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालतले  पाँच वर्षको कारागार सजाय फैसला गरेको छ।

जिल्ला अदालतका अनुसार गत भदौ १६ गते किशोरले ती बालिकालाई जबर्जस्ती करणी गरेपछि पीडित बालिकाको आफन्तले प्रहरीमा उजुरी दिएपछि अदालतमा मुद्दा दर्ता भएको थियो।

अदालतका न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको एकल इजालसले उक्त किशोरलाई दोषी ठहर गर्दै पाँच वर्ष कारागार सजाय र रु ३० जरिवाना गर्ने फैसला गरेको हो ।

दोषी किशोर हाल सुधारगृह विराटनगरमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.