Breaking News.... EverestOnlineKhabar
June 28, 2026

बंगलादेश भागेको रोहिंज्याको पहिलो परिवार म्यानमार फिर्ता

Loading

बीबीसी । बंगलादेश भागेर गएका शरणार्थीहरूमध्ये पहिलो परिवार स्वदेश फिर्ता भएको म्यानमारले जनाएको छ। पाँच सदस्यको परिवार रखाइन राज्यस्थित फिर्ती शिविरमा पुगेको बताइएको छ।

रखाइन राज्यमा भएको सैनिक कारबाहीपछि ज्यान जोगाउन भन्दै गत वर्ष कैयौं मानिस बांग्लादेश पुगेका थिए। हाल बांग्लादेशमा ७ लाख जति रोहिंज्या शरणार्थी रहेको बताइन्छ।

म्यानमार र बांग्लादेशबीच भएको महिनौं लामो कठिन वार्तापछि दुवै मुलुकले रोहिंज्या शरणार्थीको फिर्ती दुई वर्षमा पूरा गर्ने सहमति गरेका थिए। तर राष्ट्रसंघले म्यानमारमा शरणार्थी फिर्तीको अवस्था बनिनसकेको भन्दै सचेत गराएको थियो।

रखाइन राज्यमा भएको सैन्य कारबाहीलाई राष्ट्रसंघले जातीय सफायाको तहको भन्दै आएको छ। म्यानमारले चाहिँ त्यो कारबाही विद्रोहीविरुद्ध गरिएको कानुनसम्मत कदम रहेको बताउँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.