Breaking News.... EverestOnlineKhabar
June 25, 2026

अन्ततः प्रहरीले गुण्डा नाइके मनोज पुनलाई गोली हानी मार्यो

Loading

रूपन्देही । नेपाल प्रहरीको लागि टाउको दुखाइको बिषय बनेको गुण्डा नाइके अन्ततः प्रहरीको गोलीबाट मारिएका छन । प्रहरीले रूपन्देहीमा प्रहरीसंग जम्का भेट हुँदा पुनले आक्रमणको प्रयास गरेपछि जवाफी कारवाही गरेको जनाएको छ ।

तीन दिनअघि पुन भारतको गोवामा पक्राउ परेको खबर आएपनि प्रहरीले त्यसको जानकारी गराएको थिएन, तर, बुधवार बिहान एक्कासी पुन मारिएको खबर आयो ।

पुनले पछिल्लो समय मुलुकमा भैरहेको गोलीकाण्डका ठूलाठूला घटनामा बिदेशबाट फोन गरेर जिम्मेवारी लिने गरेका थिए । उनी धम्काएर चन्दा असुली गर्दथे । जसले आफनो आदेश मानेन उसलाई सिधै सफाया गर्ने उनको नीति थियो ।

रुपन्देहीमा भएका दुई ठूला हत्याको जिम्मेवारी र काठमाडौंका निर्माण व्यवसायी शरद गौचनको हत्यामा संलग्ना देखिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान प्रहरीले पुनको खोजी जारी गरेको थियो ।

पुनलाई छातीको तल, माथि र पेटमा मात्र ८ गोली लागेको छ । पुनसंगै उनको सहयोगी सोम आले पनि मारिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed