Breaking News.... EverestOnlineKhabar
July 5, 2026

Loading

काठमाडौ,माघ ।
सरकारले करिब ६ सय कर्मचारीलाई प्रादेशिक संरचनाका कार्यालयमा काजमा खटाएको छ । सामान्य प्रशासन मन्त्रालयले शुक्रबारसम्म सातवटै प्रदेशका लागि कर्मचारी खटाएको जनाएको छ ।
प्रदेशमा पठाइएका कर्मचारीमा सहसचिव, उपसचिव, अधिकृतदेखि राजपत्रअनंकित तहका कर्मचारीसमेत छन् । उनीहरूलाई आवश्यकताअनुसार प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र विभिन्न मन्त्रालयमा खटाइएको सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले जानकारी दिए ।
सामान्यले प्रदेशमा तत्कालका लागि स्थापना भएका प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको कार्यालयसहित सात मन्त्रालय र प्रदेश सभा सचिवालयका लागि करिब २२ सय कर्मचारी आवश्यक पर्ने जनाएको छ । ती कार्यालयका लागि हरेक दिन कर्मचारी खटाउने काम भइरहेको मन्त्रालयले जनाएको छ । प्रवक्ता न्यौपानेले प्रदेशमा मुख्यमन्त्री नियुक्त हुनुअघि नै सबै मन्त्रालयमा कर्मचारी व्यवस्थापन गरिसक्ने गरी तयारी भएको बताए ।
प्रदेशको कुन कार्यालयमा कति कर्मचारी ?
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयः सचिवसहित २१ जना
आन्तरिक मामिला तथा कानुन मन्त्रालयः सचिवसहित ४१ जना
आर्थिक मामिला तथा योजना मन्त्रालयः सचिवसहित १८ जना
भौतिक पूर्वाधार विकास मन्त्रालयः सचिवसहित २४ जना
सामाजिक विकास मन्त्रालयः सचिवसहित ३० जना
उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयः सचिवसहित २९ जना
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयः सचिवसहित २९ जना
प्रदेश सभा सचिवालय ः एकजना सचिवसहित २७ जना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed