![]()
काठमाडौं । नेपाली फुटबललाई स्पेनिस स्पोर्टस् ब्रान्ड केल्मीले प्रायोजन गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) र केल्मीले पत्रकार सम्मेलन गरी आधिकारिक रुपमा नेपाली फुटबल टिमका लागि करिब ५५ लाख बराबरीको सामग्री केल्मीले प्रायोजन गरेको जानकारी दिएका छन् ।
केल्मीको प्रायोजनसँगै नेपालको नयाँ जर्सी पनि कार्यक्रममा सार्वजनिक गरिएको छ । सम्झौताअनुसार केल्मीले नेपाली फुटबल टिमका लागि १ वर्षसम्म विभिन्न खेल सामग्री उपलब्ध गराउने छन् । केल्मीले नेपाली फुटबल टिमलाई जर्सी, ब्याग, फुटबल, ज्याकेट लगायत गरी करिब ३ हजार ७८८ पिस उपलब्ध गराएको छ ।
नेपालले आगामी दिनमा हुने अन्तर्रा्ष्ट्रिय प्रतियोगिताहरूमा केल्मीको प्रायोजनको जर्सी लगाएर खेल्ने छ । यहि फागुनबाट आधिकारिक रुपमा कामरु ट्रेडिङ प्रालीले नेपालमा नेपाली फुटबलको जर्सी बिक्री गर्न थाल्नेछ ।


