Breaking News.... EverestOnlineKhabar
July 4, 2026

भारतले बीरगंजमा नेपाली भूमि मिचेको बिषयमा जवाफ दिन सरकारलाई सर्वोच्चको आदेश

Loading

काठमाडौं । सर्वोच्च अदालतले भारतले बीरगंजमा नेपाली भूमि मिचेको बिषयमा जवाफ दिन सरकारलाई आदेश दिएको छ ।
अधिवक्ता यज्ञमणि न्यौपानेले माघ ९ गते दायर गरेको रिटमा न्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले सुनुवाई गर्दै पन्ध्र दिनभित्र जवाफ पेश गर्न आदेश दिएको हो ।

सर्वोच्चले रिट निवेदनको माग अनुसार सीमा स्तम्भ गाड्ने काम रोक्न भने अन्तरिम आदेश दिएन । सर्वोच्चको आदेशको जवाफ नापी बिभागले पनि दिनुपर्नेछ ।

प्रधानमन्त्री कार्यालय, नापी विभाग, नेपाल भारत सीमा टोली प्रमुख लगायतलाई विपक्षी बनाई रिट दायर गरिएको थियो ।
वीरगञ्जको छपकैयामा सीमा स्तम्भ गाड्ने क्रममा आफूहरुको ५० विघा जग्गा मिचिएको स्थानीयबासीको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed