Breaking News.... EverestOnlineKhabar
July 4, 2026

Loading

बीबीसी । अमेरिकाको न्यू जर्सी राज्यमा एक एयरलाइन्सले मयूरलाई विमानमा यात्रा गर्न रोक लगाएको छ । बीबीसीका अनुसार एक महिला यात्रुले आफूसँगै मयूरलाई पनि हवाई यात्रामा लैजान खोजेकी थिइन् तर विमान कम्पनी युनाइटेड एयरलाइन्सले मयूरलाई बोक्न अस्वीकार गर्यो। ती महिलाले आफूसँगै हवाई यात्राका लागि मयूरको पनि टिकट लिन खोजेकी थिइन्।

युनाइटेड एयरलाइन्सले न्यू जर्सीको नेवार्क विमानस्थलबाट उडान भर्ने आफ्नो जहाजमा मयूर बोक्न अस्वीकार गरेको हो। आफ्नो तौल र आकारका कारण मयूरले जहाजमा सन्तुलन कायम राख्न नसक्ने भन्दै एयरलाइन्सले बोक्न नमानेको बताइएको छ।

ती महिला आफ्नो लगेज र मयूरसहित यात्रा गर्नका लागि एयरपोर्ट पुगेकी थिइन्। उनी आफ्नो मयूरका साथमा लस एन्जल्स जान खोजेकी थिइन्। तर उनको हवाई यात्रा गर्ने प्रयास सफल भएन। एयरलाइन्सले मयूर नबोक्ने अडान लिएपछि ६ घण्टा लामो पर्खाइपछि यात्रु महिला र मयूरले सडकमा गाडीबाट यात्रा गर्नुपर्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed