Breaking News.... EverestOnlineKhabar
July 4, 2026

माघ २२ गतेबाट नेपालमा अन्तर्राष्ट्रिय आइटिएफ जुनियर (यु–१८) लन टेनिस प्रतियोगिता

Loading

काठमाडौं । अखिल नेपाल लन टेनिस संघको आयोजनामा नेपालमा अन्तर्राष्ट्रिय आइटिएफ जुनियर (यु–१८) लन टेनिस प्रतियोगिता हुने भएको छ।

यसै महिनादेखि सञ्चालन हुने प्रतियोगिताको पहिलो सर्किट यही माघ २२ देखि २७ गतेसम्म सञ्चालन हुनेछ । दोस्रो सर्किट माघ २९ देखि फागुन ५ गतेसम्म सञ्चालन गरिने छ ।

प्रतियोगितामा नेपालसहित जापान, भारत, थाइल्याण्ड, चीन, पोल्याण्ड, चाइनिज ताइपे, क्यानडा, लाओस, हङ्कङ र संयुक्त राज्य अमेरिकाको सहभागिता रहनेछ । प्रतियोगितामा पुरुष र महिलाको एकल र डबल्स विधामा प्रतिस्पर्धा हुनेछ । उक्त दुवै सर्किटको खेल सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed