![]()
बीबीसी । जापानको हकाइदो टापु नजिककै उत्तरी क्षेत्रमा आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ । आगलागीमा परेका ५ जनाको उद्धार गरिएको जापानी सञ्चार माध्यमहरूले उल्लेख गरेका छन । मृतक र पीडितहरूको पहिचान गर्न अनुसन्धान भइरहेको छ ।
आगलागीमा परेका तीन जनालाई प्रहरीले उपचारका लागि अस्पताल पुर्याएको भएतापनि उनीहरूको अवस्थाबारे अझै यकिन गर्न सकेको छैन ।
गत महिना दक्षिण कोरियाको एक अस्पतालमा आगलागी हुँदा ३७ जनाको मृत्यु भएको थियो भने १५० जना भन्दा बढी घाइते भएका थिए ।


