Breaking News.... EverestOnlineKhabar
May 4, 2026

अष्ट्रेलिया यु–१९ विश्वकप क्रिकेटको फाइनलमा प्रवेश

Loading

एजेन्सी । अष्ट्रेलिया आईसीसी यु–१९ विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।सेमिफाइनलमा अफगानिस्तानलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलिया फाइनलमा प्रवेश गरेको हो ।

न्यूजील्याण्डको हग्ली ओभलमा भएको सेमिफाइनलमा १८२ रनको चुनौती पछ्याउदै अष्ट्रेलियाले जित हासिल गरेको हो । ३७.२ ओभरमा ४ विकेटको क्षतिमा अष्ट्रेलियाले लक्ष्य पूरा गर्यो । अष्ट्रेलियाको जितका लागि ज्याक इडवार्डले ७२ रनको योगदान दिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४८ ओभरमा सबै विकेट गुमाउदै १८१ रन मात्र बनाएको थियो । अफगानिस्तानका इक्रम अली खिलले उत्कृष्ट ब्याटिङ गर्दै ८० रनको योगदान दिएका थिए । उनले राम्रो ब्याटिङ गरेपनि अन्य खेलाडीले भने उच्च स्कोर बनाउन सकेनन् । अष्ट्रेलियाका लागि जोनाथन मेर्लोले ४ र ज्याक इभान्सले २ विकेट लिएका थिए ।

अष्ट्रेलियाले अब उपाधिका लागि दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाइनल मंगलबार भारत र पाकिस्तानबीच हुँदैछ ।

फाइनल खेल फेब्रुअरी ३ मा हुदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed