Breaking News.... EverestOnlineKhabar
May 4, 2026

चुडामणि शर्मा्विरुद्ध बिशेष अदालतमा अर्को मुद्दा दर्ता

Loading

काठमाडौं । आन्तरिक राजस्व विभागका तत्कालिन महानिर्देशक चुडामणि शर्मा्विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतलमा अर्को मुद्दा दायर गरेको छ । अख्तियारले विशेष अदालतमा दर्ता गरेको मुद्दामा शर्माले सार्वजनिक पदमा बहाल रहँदा ४ करोड २९ लाख ५३ हजार एक सय २४ रुपैयाँ स्रोत नखुलेको सम्पत्ती आर्जन गरेको अभियोग लगाइएको छ ।

शर्माले सरकारी नोकरी तथा शर्माका परिवारले विभिन्न आयमुलक क्षेत्र तथा सेयर बजारमा गरेको लगानीका आधारमा उनले ३ करोड ६३ लाख ७२ हजार ९ सय ६१ रुपैयाँ आम्दानी गरेको पनि अख्तियारले जनाएको छ । त्यही अवधिमा उनले सेयर लगानी लगायतका क्षेत्रमा समेत गरी ७ करोड ९३ लाख २७ हजार ८५ रुपैयाँ खर्च गरेकोमध्ये ४ करोड २९ लाख ५४ हजार ९ सय ६१ रुपैयाँ बराबरको सम्पत्तीको स्रोत नखुलेको दाबी पनि अख्तियारले गरेको छ ।

चुडामणि शर्मा र उनको परिवारको अस्वभाविक उच्च जीवनस्तर तथा आफ्नो हैसियत भन्दा बढी रकम आफ्नो, श्रीमती तथा छोराहरुको नाममा विभिन्न बैंक तथा वित्तिय संस्थाहरुमा मौज्दात देखिएको अख्तियारले दाबी छ । विभिन्न बित्तिय संस्था तथा कम्पनीका सेयर खरिद तथा लगानीमा शर्मा संलग्न रहेको पाइएको अख्तियारले जनाएको छ । अख्तियारका अनुसार शर्माले सवारी साधन खरिद एवं घर निर्माण तथा जग्गा लगायतका सम्पत्ति पनि किनेका छन ।

शर्माले ४ करोड २९ लाख रुपैयाँ कमाएको स्रोत पुष्टि गर्न नसकेकाले गैर कानुनीरुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको देखिएको अख्तियारले जनाएको छ । अख्तियारले शर्मा्विरुद्ध विगो ४ करोड २९ लाख ५४ हजार १ सय २४ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५, दफा १६ग, तथा दफा २९ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम विगो बमोजिम जरिवाना र कैद सजायका साथै उनले स्रोत पुष्टि गर्न नसकेको तथा भ्रष्टाचार गरी गैरकानुनी आर्जन गरेको सम्पत्तिको विगो ४ करोड २९ लाख ५४ हजार १ सय २४ जफत गर्न माग गर्दैं मुद्दा दायर गरेको हो ।

शर्माकी श्रीमतीको नाममा रहेको सम्पत्ति पनि जफत गर्नका लागि उनलाई पनि प्रतिवादी बनाउँदै अख्तियारले मुद्दा चलाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed