![]()
काठमाडौं । अब नेपालमा मोबाइलबाटै होटलका कोठा बुक गर्न सकिने भएको छ। डिजिटल वालेट एवम् पेमेन्ट गेटवे खल्तीले चेन होटल सर्भिस ओयोसँग आफ्नो साझेदारीमा नेपाली ग्राहकलाई यस्तो सुविधा ल्याएको हो । यो साझेदारीले नेपालीहरुलाई होटल बुकिङ्गमा निकै सजिलो हुने अनुमान गरिएको छ।
खल्ती मोबाइल एप र वेबसाइटबाट काठमाडौं र पोखरामा रहेका होटलका कोठा बुक गर्न सकिने खल्तीले जानकारी दिएको छ।
ओयो भारतमा विकास भएको एक नँया अबधारणाको चेन होटेल ग्रुप हो । नेपालमा भने ओयो सन् २०१७ अप्रिल देखि संचालनमा आएको थियो।
प्रबिधिको प्रयोगबाट बजेट होटल संचालन र ब्यवस्थापन सजिलो बनाएको कारणले ओयोलाई मार्गदर्शक मानिन्छ।
यो सेवामा कुनै पनि ग्राहकले होटल बुकिङ र भुक्तानी मोबाइलबाटै गर्नेछन्। खल्ती एपमा रहेको आफ्नो एकाउन्टबाट यो भुक्तानी गर्न सकिने छ।


