Breaking News.... EverestOnlineKhabar
April 30, 2026

‘पद्यावत’ मा दीपिकाको ‘नाइटो र कम्मर’ नदेखिने

Loading

एजेन्सी । सञ्जयलीला भन्सालीको विवादास्पद चलचित्र ‘पद्यावत’ रिलिजको तिथी नजिकिँदै गएको छ । चलचित्र जाँचपास समितिले चलचित्रमा पाँच कुरा परिवर्तन गर्न निर्देशन दिएपछि निर्देशक भन्सालीले समितिको निर्देशन अनुसार केहि दृष्य परिवर्तन गरेका छन् ।

पहिला चलचित्रमा राखिएको घुमर डान्समा दीपिका पादुकोणको नाइटो देखिएको थियो । अब त्यस्तो हुने छैन । उनको नाइटो छोपिने छ भने कम्मर पनि देखिने छैन । राजपुत करणी सेनाले कि त दीपिकाको उक्त डान्स बन्द गर्नुपर्ने होइन भने कम्मर देखाउन नपाइने माग राखेका थिए ।

अन्यमा नाम परिवर्तन गरेर ‘पद्मावत’ राखिएको छ भने चरित्रको गम्भीरतालाई हेरेर घुमर डान्स परिवर्तन गरिएको छ । सतीप्रथाको वारेमा अपभ्रंस पैदा गर्ने काम पनि बन्द गरिएको छ । कतिपय ऐतिहासिकता वारेमा भएको भ्रम हटाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed