Breaking News.... EverestOnlineKhabar
May 2, 2026

माओवादीले सभामुख मागेपछि प्रदेश नम्बर १ को मुख्यमन्त्रीमा एमालेका शेरधन राई लगभग पक्का

Loading

काठमाडौं । प्रदेश नम्बर १ मा शेरधन राई मुख्यमन्त्री हुने स्थिति आएपछि नेकपा माओवादी केन्द्र लचक भएको छ । प्रदेश नम्बर १ का लागि मुख्यमन्त्रीमा दाबी गर्दै आएको माओवादीले भित्रभित्रै राईलाई समर्थन गरिसकेको छ । यसका लागि माओवादी केन्द्रले सभामुख पदमा दाबी गरेको छ । एमालेबाटै मुख्यमन्त्रीको दाबी गरिरहेका भीम आचार्यलाई उपयुक्त जिम्मेवारी दिने बिषयमा एमाले शीर्ष तहमा छलफल समेत चलिसकेको छ ।

यो प्रदेशमा सरकार गठनका लागि एमाले एक्लैको प्रस्ट बहुमत छ । माओवादी केन्द्रको समेत सिट जोड्दा दुई तिहाइ पुग्छ । यहाँका १४ जिल्लामा प्रत्यक्षतर्फ ५६ र समानुपातिकतर्फ ३७ गरी ९३ सिट छन् । एमालेले प्रत्यक्षतर्फ ३६ सिटमा जित हासिल गरेको छ । माओवादी केन्द्रले १०, कांग्रेसले ८, संघीय समाजवादी फोरमले १ र स्वतन्त्र १ जना विजयी भएका छन् ।

उदयपुर २ को ‘क’ बाट निर्वा्चित स्वतन्त्र उम्मेदवार नारायणबहादुर मगर माओवादी केन्द्रकै नेता हुन् । समानुपातिकतर्फ एमालेले १५, कांग्रेसले १३, माओवादी केन्द्रले ५, संघीय समाजवादी फोरम नेपालले २, राप्रपाले १ र संघीय लोकतान्त्रिक मञ्चले १ सिट पाएका छन् ।
एमालेको दुवैतर्फको संख्या जोडदा ५१ सिट हुन्छ जुन प्रदेश सरकारका लागि सहज बहुमत हो । माओवादी केन्द्रको समानुपातिकसहित १५ सिट पुग्छ । स्वतन्त्रबाट विजयी मगरलाई समेत जोड्दा एक सिट थपिन्छ ।

यो प्रदेशमा उपमुख्यमन्त्री पनि एमालेले नै पाउने भएको छ । प्रदेशको अस्थायी राजधानीसमेत नतोकिँदा विजयी सांसद अन्योलमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed