Breaking News.... EverestOnlineKhabar
May 3, 2026

राएन गिग्स वेल्सको नयाँ प्रशिक्षक नियुक्त

Loading

एजेन्सी । राएन गिग्स वेल्सको नयाँ प्रशिक्षक नियुक्त भएका छन् । फुटबल एसोसिएसन अफ वेल्सले गिग्सलाई ४ वर्षको लागि प्रशिक्षकमा अनुब्नध गरेको हो ।  ४४ वर्षीय म्यानचेष्टर युनाइटेडका पूर्व खेलाडी ग्सले अब क्रिस कोलमनको स्थान लिनेछन् । कोलमनले गत नोभेम्वर वेल्सको जागिर छाड्दै प्रिमियर लिग क्लब सण्डरल्याण्ड रोजेका थिए ।

गिग्स पहिलो पटक मुख्य प्रशिक्षकका रुपमा नियुक्त भएका हुन्। म्यानचेष्टर युनाइटेडमा २०१३ दखि २०१४ सम्म लुइस भानको सहायक प्रशिक्षक रहेका गिग्स २०१४ मा ओद्य्डट्राफोर्ड क्लबको अन्तरिम प्रशिक्षक पिन बनेका थिए ।

गिग्सँगै कोलमनका सहायक ओसिएन रोवर्ट्स, वेल्सकै स्ट्राइकर क्रेस बेलामी र मार्क बोवेनसँग संघले इन्टरभ्यु लिएपनि गिग्सलाई छानेको हो ।

गिग्सले १९९१ देखि २००७ सम्म वेल्सका लागि खेल्दै ६४ क्याप जितेका छन् ।  प्रशिक्षक नियुक्त भएपछि गिग्सले राष्ट्रिय टिमको जिम्मा पाउँदा एकदमै गर्व लागेको बताए। गिग्सले आगामी मार्चमा चीनमा हुने चाइना कप फुटबलमार्फत वेल्सको प्रशिक्षण सम्हाल्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed