![]()
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यबृद्धिको विरोधमा एमाले समर्थित अनेरास्ववियु सडकमा ओर्लिएको छ । विरोध प्रदर्शनका क्रममा बिद्यार्थी र प्रहरीबीच त्रिचन्द्र क्याम्पस अगाडि झडप भएको छ । झडपमा परी एक प्रहरी घाइते भएका छन् ।
सरकारले सोमबार रातिदेखि लागू हुने गरी पेट्रलियम पदार्थमा मूल्यबृद्धि गरेपछि अनेरास्ववियु बिरोधसहित सडका उत्रिएको थियो ।
प्रदर्शनकाक्रममा अनेरास्ववियुका विद्यार्थीले प्रधानमन्त्रीको पुतला बोकेर डुलाउन खोजेपछि प्रहरीसंग झडप भएको हो ।
प्रदर्शन नियन्त्रण गर्ने क्रममा प्रहरीले केही सेल अश्रु ग्यास प्रहार गरेको थियो ।


