![]()
काठमाडौं । सरकारले सात वटै प्रदेशको अस्थायी मुकाम तयार पारेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र शहरी विकास मन्त्रालयले सात वटै प्रदेशको अस्थायी मुकाम तयार पारेको हो ।
प्रदेश अनुसार राजधानी यस्तो छ :
- प्रदेश नम्बर १ को विराटनगर
- प्रदेश नम्बर २ को जनकपुर
- प्रदेश नम्बर ३ को भक्तपुरको ठिमी
- प्रदेश नम्बर ४ को पोखरा
- प्रदेश नम्बर ५ को दाङ
- प्रदेश नम्बर ६ को सुर्खेत
- प्रदेश नम्बर ७ को धनगढी ।
शहरी विकास मन्त्रालयले स्थलगत अध्ययनपछि ती ठाउँ उपयुक्त हुने भएपछि मुकाम राख्नका लागि प्रस्ताव गरेको हो ।अस्थायी रुपमा तोकिएका ती मुकाम प्रदेश सरकारले पुनः हेरफेर गर्न सक्नेछ ।


