Breaking News.... EverestOnlineKhabar
April 30, 2026

भक्तपुरको त्रिवेणीघाटमा माधवनारायण ब्रत मेलाको रौनक

Loading

भक्तपुर । भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीघाटमा एकमहिने माधवनारायण व्रत मेला शुरु भएको छ । हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने मेला त्रिवेणीघाटमा स्नान गरी, सूर्यलाई अघ्र्य दिएर शुरु भएको हो ।

श्रीस्वस्थानी वाचन सोमबारदेखि शुरु भए पनि दुईदिन पूर्णिमा भएकाले व्रत मंगलबारदेखि देखि मात्रै शुरु भएको हो । मेला भक्तपुरमा नेपाल संवत्को आठौँ शताब्दीदेखि शुरु भएको मानिन्छ ।

साँखुको सालीनदी जस्तै हनुमानघाटको त्रिवेणीधाममा लाग्ने माधवनारायण मेलामा यस वर्ष तीन महिला र १२ पुरुष व्रत बसेका छन् । भूकम्पले संरचना भत्केकाले बस्ने ठाउँ नहुँदा यस वर्ष वर्तालुको संख्यामा निकै कमी आएको छ ।

व्रत शुरु हुनु अघिल्लो दिनदेखि निराहार बस्नुपर्ने, बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामग्रीले पूजा गर्नुपर्ने, शङ्खजल ग्रहण गरी मन्त्रोच्चारण गर्नुपर्ने, शङ्खजल ग्रहण गरेपछि कसैलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed