Breaking News.... EverestOnlineKhabar
June 27, 2026

१३औं संस्करणको ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिता माघको पहिलो साताबाट

Loading

काठमाडौं । १३औं संस्करणको ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिता माघको पहिलो साताबाट हुने भएको छ । आयोजक ढोरपाटन क्लबले पत्रकार सम्मेलन गरी माघ ४ देखि १९ गतेसम्म महिला लिग हुने जानकारी दिएको हो ।

प्रतियोगितामा १२ क्लबको सहभागिता रहेको छ । पहिलो चरणको लिग खेलपछि शीर्ष ७ देखि ८ टोलीलाई दोस्रो चरणको लागि छनोट गरिने छ । डबल लिग खेलपछि शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्ने छन् ।

यो संस्करणमा विभागीय टोलि सशत्र प्रहरीको एपीएफ, त्रिभुवन आर्मी, नेपाल पुलिस,न्यु डायमन्ड एकेडमी, न्यु डायमन्ड स्पोर्ट्स क्लब,टप्स हाई स्कुल,पुर्वान्चल क्षेत्रिय महिला भलिबल,पारामाउन्ट हाइ स्कुल,स्प्रिङडेल इन्ग्लिश स्कुल,श्री गाउँ स्पोर्ट्स विकास कमिटि, मेघौली स्पोर्ट्स फाउन्डेसन र थ्री स्टार एकेडमीको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले ३ लाख २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । त्यस्तै उपविजेतालाई १ लाख ७० हजार र तेस्रो हुनेले ८० हजार पुरस्कार पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.