![]()
काठमाडौं । नेकपा माओवादीले प्रदेश र प्रतिनिधिशभा निर्वाचनमा अन्तर्घात भएको निष्कर्ष निकाल्दै छानबिन गर्ने निर्णय गरेको छ ।
अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालय बैठकले चुनावमा अन्तर्घात भएको निष्कर्ष निकाल्दै त्यसको छानविन गर्न नेता अमिक शेरचनको नेतृत्वमा छानविन समिति गठन गरेको छ ।
बैठकले प्रदेश प्रमुख तोक्ने विषयमा सरकारसँग छलफल गर्ने पनि निर्णय गरेको छ ।
पार्टी एकताबारे बुधवार ओलीसंग छलफल
बैठकले पार्टी एकताका विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बुधवार छलफल गर्ने पनि निर्णय गरेको छ । बैठकपछि प्रवक्ता भुसालले एकता प्रक्रियामा कुनै उल्झन नआएको भन्दै ओलीको अस्वस्थताका कारण छलफलमा ढिलाइ भएको जानकारी दिइन ।
बैठकले माओवादीलाई सांगठनिक रुपमा व्यवस्थित गर्न रामबहादुर थापाको नेतृत्वमा कार्यदलसमेत गठन गर्ने पनि निर्णय गरेको छ ।


