![]()
काठमाडौं । सरकारले प्रमुख दलहरुको आवश्यक परामर्शमा प्रदेश प्रमुख नियुक्ति गर्ने र राष्ट्रिय सभा निर्वाचनको मिति तोक्ने तयारी गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले निर्वाचनको मिति तोक्ने र प्रदेश प्रमुख नियुक्त गर्ने तयारीबारे जानकारी गराएका छन । प्रधानमन्त्री देउवाले प्रमुख दलका शीर्षनेतासँग आवश्यक परामर्श गरेपछि यी दुई काम टुंगोमा पुग्ने नेता प्रकाशशरण महतले जानकारी दिए ।
निर्वाचन आयोगका पदाधिकारीले केही दिनअघि प्रधानमन्त्री देउवासँग भेटी राष्ट्रियसभा निर्वाचन मिति तोक्न र प्रदेश प्रमुख नियुक्त गर्न आग्रह गरेका थिए । आयोगले प्रदेशसभाको अन्तिम निर्वाचन मतपरिणाम प्रदेश प्रमुखलाई नै बुझाउनुपर्ने कानुनी प्रावधान छ ।


