Breaking News.... EverestOnlineKhabar
June 25, 2026

बामपन्थी गठवन्धन फुटाउन खोज्ने सबै चलखेल असफल : पूर्वप्रधानमन्त्री खनाल

Loading

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता एवम पूर्व प्रधानमन्त्री झलनाथ खनालले बामपन्थी गठवन्धन फुटाउन सक्रिय सबै चलखेल असफल भएको बताउनु भएको छ ।

एभरेष्ट अनलाइनखबरसंग कुरा गर्दै नेता खनालले गठवन्धन निर्माणसंगै स्वदेशी बिदेशी शक्ति गठवन्धन भत्काउन सक्रिय भएपनि ती असफल भएको दावी गर्नुभयो । खासगरी नेपाली कांग्रेस र दक्षिणपन्थी शक्ति बामगठवन्धनबाट अत्तालिएर बिभिन्न षडयन्त्रका तानाबाना बुन्न सक्रिय रहेको उहाँको आरोप छ ।

नेता खनालले प्रतिनिधि र प्रदेशशभा निर्वाचन लगत्तै पार्टी एकीकरण हुने र मुलुकलाई एकताबद्ध बनाएर समृद्धिको दिशामा अघि लैजाने धारणा राख्नुभयो । निर्वाचनमा गठवन्धनले सकभर दुई तिहाइ नभए सुविधाजनक बहुमत ल्याउने निश्चित भैसकेको उहाँले बताउनुभयो । निर्वाचन लगत्तै बामपन्थी सरकार बन्ने र त्यसपछि मुलुकपनि समृद्धिको दिशामा अघि बढने उहाँले स्पष्ट पार्नुभयो ।

पछिल्लो समय मुलुकका बिभिन्न स्थानमा बामपन्थी उम्मेदरमाथि सुनियोजितरुपमा आक्रमण भैरहेको आरोप लगाउँदै नेता खनालले भन्नुभयो, ‘ बामपन्थी उम्मेदवारलाई छानीछानी आक्रमण किन ? सरकारले सुरक्षा दिन सक्दैन ? गृहप्रशासन असफल भएको हो ? कि असुरक्षाको बाहनामा निर्वाचन रोक्न खोजेको हो ? ’

नेता खनतालले निर्वाचनमा सुरक्षाको ग्यारेन्टी गर्न नसके स्थिति ठीक नहुने चेतावनीसमेत दिनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed