![]()
एजेन्सी । रियल मड्रिडका पोर्चुगिच स्टार क्रिस्टियानो रोनाल्डोले छोरी पाएका छन । उनकी प्रेमिका जोर्गिना रोड्रिग्वेजले छोरीलाई जन्म दिएको रोनाल्डो आफैँले ट्वीट गरेका छन ।
रोनाल्डोले आफ्नी छोरीको नाम एलना मार्टिना राखेका छन् । ‘एलना मार्टिना भर्खरै जन्मिइन् । जियो (प्रेमिका) र एलना दुवै ठीक छन् । हामी एकदमै खुसी छौँ,’ रोनाल्डोले ट्वीट गरेका छन् ।
ट्वीटमा उनले आफ्नी प्रेमिका, छोरो र छोरीसहितको तस्बिरसमेत राखेका छन् ।
रोनाल्डोका छोरा क्रिस्टियानो रोनाल्डो जुनियर ७ वर्षको भइसकेका छन् । उनकी आमा को हुन् भन्ने कुरा अझै थाहा हुन सकेको छैन ।


