![]()
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ट्रान्सफर्मर खरिद प्रकरणमा भ्रष्टाचार भएको विषयमा पूर्व मुख्यसचिव राजेन्द्र किशोर क्षेत्रीसंग सोधपुछ गरेको छ । अख्तियारले क्षेत्रीलाई अहिले टंगालस्थित कार्यालयमा बोलाएर आइतबार दिउँसो बयान लिएका हुन ।
२०७० भदौमा अख्तियारले ट्रान्समिटर खरिदमा घोटाला भएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । प्राधिकरणको रकम अनियमित तरिकाले खर्च गरेको र अदालतलाई समेत प्रभावित पार्न खोजेको विषयमा अख्तियारले क्षेत्रीसंग सोधपुछ गरेको हो ।
क्षेत्रीसँगै अदालतलाई प्रभावित पार्न खोजेको आरोपमा प्राधिकरणका तत्कालिन बोर्ड पदाधिकारी एवं तत्कालिन उर्जा सचिव अर्जुन कुमार कार्की र विश्वप्रकाश पण्डितसँग पनि अख्तियारले बयान लिएको छ ।
पूर्व आईजीपी उपेन्द्रकान्त अर्यालसँगे सम्पत्ति विवरण माग
अख्तियारले पूर्व प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालसँग सम्पत्ति विवरण मागेको छ । अकुत सम्पत्ति कमाएको उजुरी परेसँगै आयोगले बोलाएर अर्याललाई ‘१३ पान्ने’ भराएको छ । अर्यालसँगै शान्ति मन्त्रालयका सचिव गजेन्द्र ठाकुरलाई पनि अख्तियारले १३ पान्ने फारम भराएको छ ।
अकुत सम्पती आर्जन गरेको आशंकामा आयोगले काठमाडौं महानगरपालिकाका डिएसपीद्वय धनपती सापकोटा र राजेन्द्र पाण्डेसंग पनि बयान लिएको छ ।


