Breaking News.... EverestOnlineKhabar
June 27, 2026

सुनसरीमा राजपालाई धक्का, जिल्ला संयोजकसहित २४ जनाले पार्टी छोडे

Loading

सुनसरी । सुनसरीस्थित राष्ट्रिय जनता पार्टी नेपालका संयोजक डा. चतुरानन्द पाठकसहित २४ जनाले पार्टी परित्याग गरेका छन् । पार्टी परित्याग गर्नेहरुमा अध्यक्ष मण्डलका सदस्य, सुनसरीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य लगायत छन् ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मनोमानी ढंगले टिकट वितरण गरेको र समानुपातिक सुचीमा पनि वाईपास गरेको भन्दै पार्टी परित्याग गरेको उनीहरुले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । पार्टीलाई मनमानीपूर्ण ढंगले चलाएको, पाटीभित्र नाताबाद हावी भएको लगायतका आरोप पनि उनीहरुले लगाएका छन ।

पार्टी परित्याग गर्नेहरुमा पाठकसहित अध्यक्ष मण्डलका सदस्य राजेन्द्र ढकाल (शर्मा), बसन्त चौधरी, केन्द्रीय सदस्य देबनारायण यादव, युवा नेता महेन्द्र यादव, दिपेन्द्र मेहता, मनोजकुमार यादव, विनोदकुमार मण्डल रहेका छन् ।

त्यसैगरी गाउँपालिका अध्यक्षहरु शिवनन्द साह, विद्यानन्द यादव, क्षेत्रीय उपाध्यक्ष जागेश्वर साह, उद्योग बाणिज्य मञ्चका केन्द्रीय सदस्य अशोककुमार यादव, किसान मञ्च जिल्ला अध्यक्ष रामप्रसाद साह, जिल्ला सदस्य बच्चालाल अरगरीया, महिला मञ्च जिल्ला अध्यक्ष विमलादेवी मेहता, सचिव पुनमकुमारी मेहता र सदस्यहरुमा नन्दलाल मेहता, सन्तोषकुमार मेहता, मनोजकुमार यादव, पंकजकुमार राम, राजकुमार मण्डल, शंभुकुमार मेहता, रामविलास राम, राजु राम लगायतले पनि पार्टी छोडेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.