Breaking News.... EverestOnlineKhabar
June 27, 2026

कोमल ओलीद्वारा उम्मेदवारी फिर्ता, बामगठवन्धनकै उम्मेदवारलाई सघाउने

Loading

दाङ । एमालले टिकट नदिएपछि नेतृत्वसँग असन्तुष्टी जनाउँदै स्वतन्त्र उम्मेदवारी दिएकी गायिका कोमल वलीले आफ्नो उमेद्वारी फिर्ता लिएकी छन् । एमाले टिकट नपाएपछि दाङ क्षेत्र नं ३ बाट उमेद्वारी दिएकी वलीले पार्टीको दबाबपछि उम्मेदवारी फिर्ता लिएकी हुन । उनले वाम गठबन्धनलाई नै सघाउने बताएकीछिन ।

पत्रकार भेटघाटको कार्यक्रम गर्दै वलीले चुनावमा वाम गठबन्धनबाट दाङ क्षेत्र नं ३ मा उमेद्वार बनेका हिराचन्द्र केसीलाई सघाउने बताएकी छन् ।

ओली राप्रपा नेपाल परित्याग गर्दै एक महिना अघि मात्रै एमाले प्रवेश गरेकी थिइन । एमालेबाट टिकट नपाएपछि अत्तालिएकी ओलीले राजनीतिक अपरिपक्वता प्रदर्शन गरेको भन्दै उनको आलोचना गर्नेको संख्या पनि बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.