![]()
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम तनहुँ निर्वाचन क्षेत्र नं १ बाट बागी उम्मेदवारी दिएका नेता गोविन्दराज जोशीले आफनो उम्मेदवारी रद्ध भएपछि निर्वाचन आयोगप्रति तीव्र असन्तुष्टि जनाएका छन । उनले आयोगको निर्णय घोर अप्रजातान्त्रिक र असंबैधानिक भएको आरोप लगाएका छन । पत्रकार सम्मेलन गर्दै नेता जोशीले आयोगको निर्णयले कानुनी राज्यको अवधारणालाई खिल्ली उडाएको बताए ।
जोशीले भने, ‘नेपाली काङ्ग्रेसको आधिकारिक उम्मेदवार मै हँु, पहिले उम्मेदवारी दर्ताका समयमा पनि भनेको थिए अहिले पनि फेरि भन्छु म नै हँु काङ्ग्रेसको आधिकारिक उम्मेदवार । नामावली प्रकाशित गर्दा मेरो नाम प्रकाशित भएन । मेरो नाउँ किन प्रकाशित भएन, कहाँ के निर्णय भयो त्यो बारे मलाई जानकारी छैन ।’
आफूले आफना कानुनी सल्लाहकारसंग छलफल गरिरहेकाले चाँडै थप कदम चाल्ने जानकारी दिए । २०६४ सालमा समेत आफुले तनहुँबाट चुनाव लडेको र त्यो बेला निर्वाचन आयोगबाट कुनै अवरोध नआएको जोशीले बताए । भ्रष्टाचारको मुद्दामा मुछिएको भन्दै निर्वाचन आयोगले जोशीको उम्मेदवारी खारेजको निर्णय गरेको थियो ।


