Breaking News.... EverestOnlineKhabar
June 27, 2026

इंग्लिस प्रिमियर लिगःलिभरपुल विजयी, आज उपाधि दाबेदार टोली भिड्दै

Loading

एजेन्सी,१९ कार्तिक ।
इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा लिभरपुलले वेष्ट ह्याम युनाईटेडलाई पराजित गरेको छ । वेष्ट ह्याम युनाईटेडको मैदानमा भएको खेलमा लिभरपुललाई विजयी गराउन मोहोमद सालाहले दुई गोल गरे भने जोएल माटिप र अक्सलेड चेम्बरलीनले एक–एक गोल गरे । जितपछि लिभरपुल प्रिमियर लिगको अंक तालिकामा ११ खेलबाट १९ अंक जोड्दै छैटौं स्थानमा उक्लिएको छ ।
प्रिमियर लिगअन्तर्गत गएराति भएका अन्य खेलमा हडर्सफिल्ड टाउनले वेष्ट ब्रोमलाई १–० ले हराउँदा बर्नमाउथले न्यूकासल युनाईटेडलाई, बर्नलेले साउथह्याम्पटनलाई तथा ब्राईटनले स्वान्सी सिटीलाई समान १–० ले हराएका छन् । त्यसैगरी लेष्टर सिटी र स्टोक सिटीले २–२ गोलको बराबरी खेलेका छन् ।
प्रिमियर लिग फुटबलमा आज राति दावेदारहरुबीच भिडन्त हुँदैछ । आज चेल्सी र म्यान्चेस्टर युनाईटेड भिड्दा म्यान्चेस्टर सिटीले आर्सनलसँग खेल्नेछ । यसैगरी टोटनह्याम हट्सपरले क्रिष्टल प्यालेससँग खेल्दा एभर्टन र वाट्फोर्ड आमने–सामने हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.