Breaking News.... EverestOnlineKhabar
June 27, 2026

नेपालको लगातार तेस्रो हार, युएईसँग पनि पराजित

Loading

काठमाडौ,१९ कार्तिक ।
कीर्गिस्तानमा जारी एएफसी यु–१९ छनोट च्याम्पियनसिप फुटबलमा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ । पहिलो खेलमा आयोजक कीर्गिस्तानसँग २–० ले तथा दोस्रो खेलमा बहराइनसँग ४–० ले पराजित भएको नेपाल तेस्रो खेलमा युएईसँग १–० को हार व्यहोर्न बाध्य भएको हो ।
शनिबार बिस्केकको मैदानमा भएको युएईविरुद्धको खेलको अन्तिम समयमा पाएको पेनाल्टी अवसरलाई गोलमा परिणत गर्न नसकेपछि नेपालले हारको सामना गर्नुपरेको हो ।
अभिषेक रिजालले पेनाल्टी प्रहारलाई गोलमा परिणत गर्न नसक्दा नेपालले बराबरी गर्ने सुन्दर अवसर खेरफालेको थियो । यसअघि, ७१ मिनेटसम्म गोल नखाएको नेपालले ७२औं मिनेटमा गोल खाँदै पराजय व्यहोरेको हो ।
कप्तान अर्पण कार्की हटाइएपछि कप्तानी सम्हालेका गोलकिपर सोजित गुरुङले युएईका गोल गर्ने आधादर्जन अवसरलाई निस्तेज पारेका थिए ।
नेपालले अब समूहको अन्तिम खेलमा बुधबार ओमानसँग खेल्नेछ । समूहको शीर्ष स्थानमा रहने टोली तथा उपविजेतामध्येका उत्कृष्ट पाँच टिमले फाइनल चरणमा प्रवेश पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.