Breaking News.... EverestOnlineKhabar
June 25, 2026

बर्खास्तीमा परेका क्याटलन नेता बेल्जियम पुगे

Loading

बिबिसि । स्पेनको केन्द्र सरकारले बर्खास्त गरेको क्याटलोनियाका राष्ट्रपति कारलस पुज्डमोन बेल्जियम पुगेका छन् । आफूले शरण लिनपर्न सक्ने भन्दै उनले त्यहाँ आप्रवासन मामिलाबारे जानकार एकजना वकिल पनि नियुक्त गरेका छन् । तर पुज्डमोनले शरण लिने तयारी गरिरहेको भन्ने समाचारबारे उनका वकिलले कुनै प्रतिक्रिया दिएनन् । उनले पुज्डमोन बेल्जियमको राजधानी ब्रसल्समा नरहेको पनि बताए ।

पुज्डमोनका वकिलले भने, “आवश्यक परेको खण्डमा मैले उनको वकिलका रुपमा काम गर्नेछु, अहिले उनका लागि मैले कुनै कागजात तयार पारिरहेको छैन ।“

आप्रवासनसम्बन्धी बेल्जियमका मन्त्रीले पुज्डमोनसहित कुनैपनि क्याटलान नेताले बेल्जियममा शरण लिनसक्ने बताएका छन् । तर त्यहाँका प्रधानमन्त्रीले भनेका छन– ‘क्याटलान नेताहरुलाई शरण दिने कुनै प्रस्ताव गर्न लागिएको छैन ।’

स्पेनका अभियोजनकर्ताहरुले क्याटलन नेता र प्रतिबन्धित जनमत संग्रह गराउनेहरुमाथि देशद्रोह गरेको आरोपमा मुद्दा चलाइनुपर्ने माग गरेका छन् । आरोप प्रमाणित भए पुज्डमोनसहितका दोषीहरुले ३० वर्षसम्मको जेल सजाय भोग्नुपर्ने हुन्छ । क्याटलन नेता र प्रहरी प्रमुख लगायतलाई बर्खास्त गर्दै स्पेनको केन्द्र सरकारले गत सोमबार क्याटलोनियामा प्रत्यक्ष शासन लागू गरेको थियो ।

स्पेनी प्रधानमन्त्री मारियाओ राखोयले क्याटलोनियाको स्वायत्तता निलम्बन गर्दै समय अगावै चुनावको घोषणा गरेका थिए । जसअनुसार डिसेम्बर २१ तारिखमा क्याटलोनियामा चुनाव हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed