Breaking News.... EverestOnlineKhabar
June 25, 2026

अर्घाखाँचीमा वाम गठबन्धन विरुद्ध माओवादीका सचिवालय सदस्य खड्काले उम्मेदवारी दिने

Loading

अर्घाखाँची,१४ कार्तिक ।
वाम गठबन्धनको विरुद्धमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य चन्द्रबहादुर खड्काले उम्मेदवारी दिने जनाएका छन् । खड्काले फेसबुक पेजमा आफ्नो धारणा सार्वजनिक गर्दै १६ गते आफूले प्रदेशसभाका लागि अर्घाखाँची–१ बाट मनोनयन दर्ता गर्ने दावी गरेका छन् ।
झण्डै १० वर्ष अर्घाखाँचीमै बसेर नेकपा माओवादी केन्द्रको जिल्ला इन्चार्ज भईसकेका खड्का अर्घाखाँचीमा माओवादी केन्द्रका टोपबहादुर रायमाझीपछि दोस्रो नेताको रुपमा चिनिन्छन् ।
प्रदेशसभाका लागि अर्घाखाँचीको निर्वाचन क्षेत्र नम्बर १ बाट माओवादी केन्द्रले निर्विरोध रुपमा खड्काको मात्र नाम उम्मेदवारका लागि केन्द्रमा सिफारिस गरेको थियो । वाम तालमेलको नाममा आफूहरुको राजनीति र माओवादीको संगठन नै धरापमा पर्ने गरी प्रतिनिधिसभामा माओवादी र प्रदेससभाका लागि दुईवटै क्षेत्र एमालेलाई दिनेगरी निर्णय गरेपछि उनले उम्मेदवारी दिने बताएका हुन् ।
माओवादीको जिल्ला इन्चार्ज, केन्द्रीय सदस्य, पोलिट्ब्युरो सदस्य हुँदै उनी अहिले केन्द्रीय सचिवालय सदस्य छन् । वाम गठबन्धनले प्रतिनिधिसभाका लागि माओवादीका टोपबहादुर रायमाझी र प्रदेसशभाका लागि क मा एमालेका चेतनारायण आचार्य र ख मा एमालेकै रामजीप्रसाद घिमिरेलाई उठाउने निर्णय गरेको छ । नेता खड्काले वाम गठबन्धनको विरुद्धमा उम्मेदवारी दिएमा गठबन्धनलाइ ठूलै धक्का लाग्ने स्थानीयको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed