Breaking News.... EverestOnlineKhabar
June 26, 2026

स्पेनमा आइएसले हमला गर्दा १३ जनाको मृत्यु,कयौँ घाइते

Loading

एजेन्सी,२ भदौ ।
स्पेनमा इस्लामिक स्टेट (आइएस) ले गरेको आक्रमणमा १३ जना मारिएका छन् । आक्रमणमा एक सय जनाभन्दा बढी ब्यक्ति घाइते भएका छन् । आईएसले नै गराउन लागेको दोस्रो आक्रमण विफल बनाउने क्रममा सुरक्षाकर्मीले गरेको कारवाहीमा चार जना मारिएको प्रहरीले जनाएको छ ।
बार्सिलोना नजिक कैम्ब्रिलसमा गराउन खोजिएको दोस्रो आक्रमण रोक्न गरिएको प्रहरी कारवाहीमा उनीहरु मारिएका हुन् । कैम्ब्रिलस बन्दरगाहमा गोली चलेको आवाज सुन्नेबित्तिकै प्रहरीले सर्वसाधारणलाई सडकबाट हट्न आग्रह गर्दै कारवाही थालेको थियो ।
स्पेनका प्रधानमन्त्री मारियानो रखाँयले आक्रमण आतंकवादीले गराएको बताएका छन् । उता, आइएसले पनि बार्सिलोना आक्रमणमा आफ्ना लडाकुको हात रहेको दावी गरेको छ ।
यसअघि बार्सिलोनाको प्रख्यात पर्यटकीय स्थल रमब्लासमा एक भ्यानबाट भीडमा आक्रमण गरिएको थियो । प्रहरीले आशंकित दुई जनालाई पक्राउ गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed